News पुरुष छनौटको उद्घाटन खेलमा ताप्लेजुङ र सुनसरी विजयी
राजकुमार श्रेष्ठ

बिराटनगर । मोरङ्गको विराटनगरमा रहेको सहिद रंगशालामा मंगलबार भएको ९औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत प्रदेश नम्बर १ को पुरुष फुटबल छनौटको उद्घाटन खेलमा ताप्लेजुङ र सुनसरी विजयी भएको छ ।

विराटनगरमा भएको पहिले खेलमा ताप्लेजुङले सोलुखुम्बु माथी ९-० को सानदार जित निकालेको छ । ताप्लेजुङको लागि खेलको १३, ७१ र ७५ औं मिनेटमा जर्सी नं ९ का खेलाडी मन्जित लिम्बूले गोल गर्दै प्रतियोगिताको नै पहिलो ह्याटि्रक गरेका छन । १६ औं मिनेटमा पाएको पेनाल्टीबाट जर्सी नं १५ का खेलाडी ब्रीटिस वानेमले गोल गरेका थिए।

यस्तै खेलको ३३ औं मिनेटमा जर्सी नं ७ का खेलाडी सान्त लिम्बू गोल गरे भने ३५ र ६० औं मिनेटमा जर्सी नं ६ का विवेक मादेनले गोल गरेका हुन । यस्तै ताप्लेजुङको लागि ४७ र ५५ औं मिनेटमा जर्सी नं ११ का खेलाडी पुर्ण लिम्बू गोल गर्दै ताप्लेजुङ क्वाटरफाइनल प्रवेश गरेको छ । खेलमा सुरु देखि नै सोलुखुम्बु माथी दबाब बनाइरहेको ताप्लेजुङले पहिलो हाफमा ४ गोल गरेको थियो भने दोस्रो हाफमा थप ५ गोल गर्दै समग्रमा ९-० को जित निकालेको हो ।

आज नै भएको दोस्रो खेलमा झापा माथी ३-१ को संर्घषपुर्ण जित निकाल्दै सुनसरी क्वाटरफाइनल पुगेको छ । निकै प्रतिस्पर्धा खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलिले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसके पछि पहिलो हाफ बराबरीमा खेलेको थिए ।

खेलमा सुनसरीले झापा माथी दबाब बनाए पनि ४१ औं मिनेटमा झापाका लागि जर्सी नं ९ का खेलाडी प्रदिप बुढाथोकीले गोल गर्दै झापा अग्रता दिलाएका थिए । यस्तै सुनसरीको लागि ५६ औं मिनेटमा पेनाल्टी मार्फत जर्सी नं ८ का खेलाडी दोर्जे तामाङले बराबरी गोल गरेका थिए ।

खेलमा सुनसरीले ६७ औं मिनेटमा जर्सी नं २ का खेलाडी दिनेश राईले गोल गर्दै सुनसरीलाई अग्रता दिलाउन सफल भए । त्यस्तै खेलको इन्जुरी समयमा जर्सी नं ११ का खेलाडी अशिम राईले गोल गर्दै सुनसरी ३-१ गोलले विजय भएको छ । छनोट अन्तर्गत भोलि चार खेल हुने छ ।

Post Comments