News मर्निङ भेट्रान्स क्वाटरफाइनलमा
गोलनेपाल

बिराटनगर । मर्निङ भेट्रान्स क्लब यहाँ जारी १ नम्बर प्रदेश टुबोर्ग प्रथम मिल्स भेट्रान्स गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रिक्वाटरफाइनलतर्फ मर्निङ भेट्रान्सले राजघाट भेट्रान्स क्लब, उर्लाबारीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि बिराटनगर जुटि मिल्स खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको पहिलो हाफमा लिला बहादुर घोसीको गोलबाट अग्रता लिएको राजघाटले त्यसलाई जोगाउन सकेन । उता खेलको अन्तिमतिर मर्निङ भेट्रान्सका लागि सुमन श्रेष्ठले गोल गर्दै खेलला ई रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

खेलमा मर्निङ भेट्रान्सका सुनिन्द्र श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत असोज ५ गते बुधबारको क्वाटरफाइनल खेल आयोजक मिल्स भेट्रान्स क्लब (बी) र भरौल भेट्रान्स बीच हुने आयोजकले जनाएको छ ।

मिल्स भेट्रान्स क्लब, बिराटनगरको आयोजना तथा टुबोर्ग को मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ हात पार्नेछ भने उपविजेताले ३१,१११ प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १० गतेका दिन हुनेछ ।

Post Comments