News तालतलैया बन्यो सुकचर च्याम्पियन
गोलनेपाल

सुकचर । दोस्रो सुकचर च्यालेञ्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि तालतलैया फुटबल एकेडेमी, सुनसरीले जितेको छ । फाइनलमा आयोजक नवयुवा क्लब सुकचर, मोरङलाई शून्यका विरुद्ध १ गोलले हराउँदै तालतलैया च्याम्पियन बनेको हो ।

बुढिगंगा खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा तालतलैयाका लागि सनम धिमालले ५४औं मिनटमा गरेको एक मात्र गोल टोलीलाई उपाधि जिताउन निर्णायक बन्यो । निर्णायक गोलकर्ता धिमाल नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत मेडल र नगद ११ सय हात पारे ।

विजेता बनेको तालतलैयाले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता नवयुवाले ३० हजारमा चित्त बुझाउन बाध्य बनयो । आयोजक क्लबका प्रमिजय गच्छदार प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद २५ सय हात पारे ।

सर्वाधिक गोलकर्ताको पुरस्कार तालतलैयाका सुसन तामाङले हात पारे । उत्कृष्ट गोलरक्षक तालतलैया कै करण राई बन्दा उत्कृष्ट डिफेन्डर पनि तालतलैया कै राकेश गुरुङ चुनिए । त्यस्तै उत्कृष्ट मिडफिल्डर नवयुवाका असिम राई घोषित हुँदा उत्कृष्ट प्रशिक्षक तालतलैयाका आशिक तामाङ बने ।

त्यसैगरी उदियमान खेलाडी नवयुवाका अजय धार्मी घोषित भए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही १५ सय र मेडल प्राप्त गरे । विजयी खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पूर्व राज्यमन्त्री लालबाबु पण्डित लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

Post Comments