News प्रशिक्षक अनन्त थापालाई गृहनगरमा सम्मान
गोलनेपाल

बिराटनगर । पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा चर्चित फुटबल प्रशिक्षक अनन्त थापालाई गृहनगर बिराटनगरमा सम्मान गरिएको छ । यहाँ जारी १ नम्बर प्रदेश टुबोर्ग प्रथम मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता आयोजना कै अवसर आयोजक मिल्स भेट्रान्स क्लबले थापालाई सम्मान गरेको हो ।

बिराटनगर जुट मिल्स खेलमैदानमा एक कार्यक्रमका बीच प्रशिक्षक थापालाई विशिष्ठ अतिथीका रुपमा उपस्थित समाजवादी पार्टी, मोरङका जिल्ला अध्यक्ष जयराम यादव तथा मिल्स भेट्रान्स गोल्डकपका मूल संयोजक मनोज खड्काले दोसल्ला ओडाई सम्मानपत्रका साथ सम्मानित गरेका हुन् ।

हाल विभागीय टोली नेपाल पुलिस क्लबको जिम्मेवारी सम्हालिरहेका थापा एएफसी ए लाइसेन्स प्रशिक्षक समेत हुनु । उनले बिराटनगरबाटै युथ फुटबल खेल्दै आफ्नो फुटबल करियर शुरु गरेका थिए । सम्मान प्राप्तीपछि थापालाई सबैप्रति आभार र धन्यवाद प्रकट गरे ।

Post Comments