News गोलनेपालकर्मी बानियाँ प्रतिष्ठित ‘खेल पत्रकारिता पुरस्कार’बाट सम्मानित
गोलनेपाल

काठमाडौं । गोलनेपाल डटकमका वरिष्ठ फोटो पत्रकार बिक्रम बानियाँ क्षेत्री प्रतिष्ठित हरिगोपाल प्रधान फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । राष्ट्रिय फोटो पत्रकार समूह नेपालले आफ्नो २५औं स्थापना दिवसको अवसर पारी बानियाँलाई काठमाडौंमा एक कार्यक्रमका बीच सम्मानित गरेको हो ।

मकवानपुर जिल्लाको हेटौडालाई कर्मथलो बनाई निरन्तर खेलकुद पत्रकारिता गर्दै आएका बानियाँलाई खेल विधातर्फको त्यो प्रतिष्ठित पुरस्कार प्रदान गरिएको हो । गोलनेपाल डटकममा संलग्न रही विशेष गरी फुटबल फोटो पत्रकारितामा निरन्तर महत्वपुर्ण योगदान पुर्याउँदै आईरहेका बिक्रम बानियाँ मकवानपुरको खेल पत्रकारिता क्षेत्रमा परिचित नाम पनि हो ।

पत्रकार बानियाँलाई नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले सम्मानपत्रका साथ सम्मानित गरेका थिए । सो अवसरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज लगायतको उपस्थिति रहेको थियो ।

पुरस्कृत भएपछि पत्रकार बानियाँले खुशीसँगै आफूमाथि खेल पत्रकारिता क्षेत्रमा अझै धेरै गर्नुपर्ने जिम्मेवारी थपिएको बताए । साथै उनले यो सम्मानका लागि राष्ट्रिय फोटो पत्रकार समूह नेपालका साथै आफ्ना सहकर्मी, शुभेच्छुक र अग्रजहरु सबैप्रति आभार र धन्यवाद समेत प्रकट गरे ।

Post Comments