News भोजपुर नारदमुनी थुलुङ स्मृति गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बसाहा । भोजपुर जिल्ला फुटबल संघ यहाँ जारी आठौं नारदमुनी थुलुङ स्मृति गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार सम्पन्न दोस्रो क्वाटरफाइनलमा भोजपुरले गोर्खा स्र्पोटिङ क्लब, झापालाई टाईब्रेकरमा ५–४ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । त्यसअघि नारदमुनी रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

खेलमा भोजपुरका उमेश कार्की म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत असोज ११ गतेको तेस्रो क्वाटरफाइनल खेल आयोजक बसाहा क्लब र चर्च ब्वाईज क्लब, काठमाडौं बीच हुनेछ ।

यहि असोज १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । प्रतियोगितामा कुल ८ टोलीहरु सहभागि छन् ।

Post Comments