News आयोजक रतुवामाईको जितमा विपिनको ह्याट्रिक
गोलनेपाल

रतुवामाई । यहाँ जारी अन्तरपालिका क्लबस्तरीय नकआउट फुटबल प्रतियोगितामा आयोजक रतुवामाई फुटबल क्लबले फराकिलो जित हात पारेको छ ।

खेलमा रतुवामाईले मिल्स युवा क्लब, बिराटनगरलाई ५–० को फराकिलो अन्तरले हराएको हो । रतुवामाईको जितमा विपिन सुब्बाले ह्याट्रिक गरे । त्यस्तै मोहमद शमशेर र अलि मोहमदले एक–एक गोल गरे ।

खेलमा ह्याट्रिक गरेक ा विपिन सुब्बा म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तरगत असोज १३ गते बिहीबारको खेल राजघाट स्र्पोटिङ क्लब, उर्लाबारी र लालीमा फुटबल क्लब, गौरगञ्जबीच हुने आयोजकले जानकारी दियो ।

रतुवामाई एफसीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबले जानकारी दियो ।

Post Comments