News हर्दि युवा समाज खैरहनी गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

खैरहनी । प्रभावशाली जितका साथ हर्दि युवा समाज, चितवन यहाँ जारी प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खैरहनी माविको खेलमैदानमा भएको अन्तिम क्वाटरफाइनलमा गोल्डेन इमिनेन्ट बसन्तपुर युनाइटेड क्लब, माडीलाई ३–१ ले हराउँदै हर्दि युवा समाज अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा हर्दि युवा समाजका सागर चौधरी म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत असोज १३ गते बिहीबारको पहिलो सेमिफाइनल खेल आयोजक विपन्न उत्थान मञ्च, खैरहनी र सिद्धबाबा फुटबल क्लब, बाराबीच हुने आयोजकले जानकारी दियो ।

यहि असोज १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले नगद १ लाख ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments