News राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको फुटबल टोली घोषणा
गोलनेपाल

काठमाडौं । यहि असोज अन्तिम सातादेखि शुरु हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको पुरुष फुटबल टोलीको घोष्षणा गरिएको छ । टोलीमा राष्ट्रियस्तरका अधिकांश परिचित नामहरु सामेल छन् ।

स्मरण रहोस, यहि असोज २८ गतेदेखि पोखरामा शुरु हुन गईरहेको राष्ट्रिय खेलकुदको नवौं संस्करणका लागि अहिले विभिन्न प्रदेशहरुमा छनौट कार्यक्रमहरु जारी छन् र कतिपय सम्पन्न पनि भईसकेका छन् ।

गण्डकी प्रदेशको फुटबल टोलीमा राष्ट्रिय टिममा सहभागिता जनाईसकेका दिप कार्की, दिपेश आले मगर, जय गुरुङ, सुवास गुरुङ जस्ता चर्चित खेलाडीहरुको नाम पनि सामेल छ ।

गण्डकी प्रदेशको फुटबल टिममा परेका खेलाडीहरुको नामावली

दिप कार्की (कास्की), सुमित श्रेष्ठ (कास्की), जिवन गुरुङ (कास्की), सरोज योञ्जन (कास्की), विशन गुरुङ (कास्की), त्रिदेव गुरुङ (कास्की), विजय श्रेष्ठ (कास्की), विरेन्द्र सारु (नवलपुर), प्रकाश पुन (नवलपुर), आकाश थापा मगर (नवलपुर), आशिष गुरुङ (स्याङ्जा), सुवास गुरुङ (स्याङ्जा), मन बहादुर तामाङ (कास्की), आश्विन गुरुङ (लमजुङ), जय गुरुङ (लमजुङ), विश्व अधिकारी (तनहुँ), दिपेश आले मगर (तनहुँ), कमल थापा (बाग्लुङ), मुकुण्डे निउरे (बाग्लुङ), इन्द्र बहादुर कुँवर (गोरखा)

Post Comments