News बिरगंज युनाइटेड खैरहनी गोल्डकपको फाइनलमा
गोलनेपाल

खैरहनी । उत्कृष्ट जितका साथ बिरंगज युनाइटेड यहाँ जारी प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिरगंजले हर्दि युवा समाज, चितवनलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

खैरहनी माविको खेलमैदानमा सम्पन्न खेलमा बिरगंजका लागि श्रृजन गौतमले दुई गोल गरे भने थप एक गोल कृपा चौधरीले गरे । उता पराजित हर्दि युवाका लागि एक मात्र गोल बिज्ञान चौधरीले गरे । खेलमा दुई गोल गरेका बिरगंजका श्रृजन गौतम म्यान अफ द म्याच घोषित भए ।

बिरगंजले फाइनलमा अब असोज १६ गते आइतबारका दिन सिद्धबाबा फुटबल क्लब, बाराको सामना गर्नेछ । सिद्धबाबाले बिहीबार मात्र नभएको पहिलो सेमिफाइनलमा आयोजक विपन्न उत्थान मञ्चलाई हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ ।

विपन्न उत्थान मञ्च, खैरहनी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments