News डाँगीहाट सेमिफाइनलमा प्रवेश
गोलनेपाल

रतुवामाई । शानदार जितका साथ डाँगीहाट फुटबल क्लब, बेलबारी यहाँ जारी अन्तरपालिका क्लबस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डाँगीहाटले पहिलो सेमिफाइनलमा लालीगुराँस स्र्पोटिङ क्लब, बिराटनगरलाई ४–० ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलमा सबिन राई म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत असोज १६ गतेको दोस्रो सेमिफाइनल खेल घरेलु टोली रतुवामाई नगरपालिका र अमर स्र्पोटिङ क्लब, गौरीगंज बीच हुने आयोजकले जानकारी दियो ।

युवा तथा खेलकुद समिति, रतुवामाई–६, मोरङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ ।

Post Comments