News मेनछनलाई दाङजिन कपको उपाधि
गोलनेपाल

काठमाडौं । दशैंको अवसर पारी दक्षिण कोरियाको दाङजिनमा रहेका नेपाली प्रवासीहरु बीच भएको एकदिने दाङजिन कप फुटबल प्रतियोगिताको उपाधि मेनछन फुटबल क्लबले जितेको  छ । 

फाइनल भिडन्तमा मेनछनले सुनसङ एफसलिाई २–१ ले हराउँदै च्याम्पियन बनेको हो । खेलमा मेनछङका लागि प्रनिल लामा र अमिर  िलम्बुले गोल गरे । उता सुनसङका लागि रमेश लामाले गोल फर्काएका थिए ।

विजेता बनेको मेनछङले उपाधिसहित १०  लाख कोरियन वन हात पार्यो भने उपविजेता सुनसङले ५ लाख कोरियन वन हात पारेको प्रतियोगिता संयोजक राजराम थिङले जानकारी दिए ।

व्यक्तिगत विधातर्फ प्रतियोगिता कै सर्वोत्केष्ट खेलाडी शिशिर लिम्बु चुनिए भने सर्वाधिक गोलकर्ताको  पुरुस्कार मदन खड्काले हात पारे । त्यस्तै उत्कृष्ट गोलरक्षक हेमराज गुरुङ चुनिए । 

Post Comments