
बुटवल । पछिल्लो केही वर्ष यता फुटबलमा व्यस्त रहेको बुद्धभुमी फुटबल एकेडेमी, रुपन्देहीको अध्यक्षमा मुकेश थापाले नै निरन्तरता पाएका छन् । थापाले यसअघि पनि एकेडेमीको अध्यक्षताको जिम्मेवारी सम्हाले तापनि अहिले आएर पहिलो अधिवेशनबाट उनको नेतृत्वले आधिकारिकतासँगै पूर्णता पाएको हो ।
एकेडेमीको पहिलो अधिवेशनले केशरमणी गौतमले वरिष्ठ उपाध्यक्षका रुपमा चयन गर्दा उपाध्यक्ष पदमा बेल बहादुर सुनार र विवेक भुषाल रहेका छन् । महासचिवमा पवन ज्ञवाली रहँदा सचिवमा शेर बहादुर ज्ञवाली चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा सन्दिप सेन्चुरी तथा सह–कोषाध्यक्षमा प्रदिप अर्याल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा गिरी प्रसाद थापा, नारायण कार्की, दिपक गुरुङ, बिशाल पुन, सागर ढकाल, कृष्ण बलाल, यम बहादुर श्रीस, कृष्ण अर्याल, लोकमणी ढकाल, शंकर काउचा, दिलु श्रेष्ठ, कृष्णमणी पराजुली, चन्द्र घर्ती मगर, बोम बहादुर थापा, चिरञ्जिवी भुषाल र अनिल केसी रहेका छन् ।
स्मरण रहोस, एकेडेमीले केही वर्ष अघि मात्र सी डिभिजन लिग छनौटमा सहभागिता जनाएको थियो । त्यस्तै निकट भविष्य मै विभिन्न उमेर समूहका बालबालिकाहरुलाई होस्टेलको सुविधासहित फुटबल प्रशिक्षण लगायत अन्य फुटबल गतिविधीमा पनि सहभागिता जनाउने योजना बनाएको छ ।