News बिल तामाङको स्मृतिमा फुटबल प्रतियोगिता सम्पन्न
सुदर्शन रञ्जित
पोखरा । सहारा क्लब हङकङको आयोजनामा बिल तामाङको स्मृतिमा सहारा कप एचके २०२२ खुला सिक्स ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । हङकङको जोडर्न पार्कमा शनिबार आयोजित प्रतियोगितामा १४ फुटबल टिमले भाग लिएका थिए । 
 
प्रतियोगिताको फाइनलमा  एस्स एफ सि लाई पराजित गर्दै उपाधि जेार्डन एफ सि ले जितेको छ । उपाधि विजेतालाई हङकङ डलर १५०००( पन्द्र हजार ) उपविजेतालाई हङकङ डलर ८००० (आठ हजार ) प्रमुख अतिथि बिल तामाङ केा श्री मती सुनिता मेाक्तानले पुरस्कार प्रदान गरे ।  
 
क्लबका प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ, सल्लाहकार देवबहादुर गुरुङको उपस्थित रहेको कार्यक्रममा सहसंयोजक तिलक गुरुङले खेलको नियमबारे प्रष्ट पारेका थिए । क्लब अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको खेलकुद संयोजक खम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै क्लबको गतिविधिबारे प्रष्ट पारेका थिए । 
 
कार्यक्रम संचालन महासचिव कुमार गुरुङले गरेका थिए । मुख्य प्रायोजक एलजी संगमका प्रतिनिधि दुतराज गुरुङले प्रतियोगिता निरन्तरताको कामना गरे ।  क्लब उपाध्यक्ष रहेका बिल तामाङको अघिल्लो वर्ष कोरोनाका कारण निधन भएको थियो । क्लबले उनको योगदानको स्मरण गर्दै फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
Post Comments