News राष्ट्रिय खेलकुदको पुरुष फुटबलमा एनआरएनएको विजयी शुरुवात
उमेश पुन

पोखरा । बिहीबारदेखि शुरु नवौं राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ गैर आवासीय नेपाल संघ (एनआरएनए) ले विजयी शुरुवात गरेको छ । अधिकांश नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु लिएर उत्रिएको एनआरएनएले प्रदेश नम्बर १ लाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

लामाचौर, पोखरा स्थित गोस्केघाट मैदानमा भएको खेलमा एनआरएनएका लागि बिमल घर्ती मगर र सञ्जोक राईले एक–एक गोल गरे । प्रतियोगिता अन्तरगत बिहीबार नै बलियो आँकिएको बागमती प्रदेश र मधेश प्रदेशको फुटबल टोली पनि आमने सामने हुँदैछन् ।

Post Comments