News राष्ट्रिय खेलकुदमा बागमतीको पनि विजयी शुरुवात
उमेश पुन
पोखरामा । यहाँ जारी राष्ट्रिय खेलकुदको पुरुष फुटबलतर्फ बिहिबार नै भएको दोस्रो खेलमा बागमतिले मधेश प्रदेशलाई २–० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपनि बागमतिले दोस्रो हाफमा २ गोल गर्दै सहज जित निकालेको हो ।
 
बागमतिका लागि अञ्जन विष्ट र सुनिल बलले गोल गरे । खेलको ३९ औं मिनेटमा सुनिलको गोलमा अग्रता लिएको बागमतिका लागि ४५ औं मिनेटमा अञ्जन विष्टले पेनाल्टि मार्फत गोल गर्दै अग्रता दोब्बर पारे । जुन खेलको अन्तिम गोल पनि बन्यो ।
 
खेलको पहिलो हाफमा मधेश प्रदेशले बागमतिलाई निकै दबाबमा राखेपनि गोल गर्न नसक्दा हार व्यहारेको हो । प्रतियोगिता अन्तरगत शुक्रबार लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच पहिलो तथा कर्णाली र सुदुरपश्चिम बीच दोस्रो खेल हुनेछ ।
 
स्मरण रहोस, पुरुष फुटबलतर्फ बिहीबार नै सम्पन्न पहिलो खेलमा एनआरएनएले प्रदेश नम्बर १ लाई शून्यका विरुद्ध २ गोलले हराएको थियो ।
Post Comments