News बागमतीलाई हराउँदै एपिएफ अन्तिम चारमा
उमेश पुन
पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा सोमबार सशस्त्र प्रहरी बलले वागमती प्रदेशलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेको छ ।
 
योसँगै नेपाल आर्मी, सुदुरपश्चिम, सशस्त्र प्रहरी बल सेमीफाईनल प्रवेश गरेका छन् । गण्डकी प्रदेश र एनआरएन बीचको खेल हुन सकेन् । एनआरएनले ८ जना बाहिरी खेलाडी खेलाएको उजुरी परेपछि गण्डकी प्रदेशसँगको खेल हुन नसके पछि गण्डकी निर्णयको पखाईमा छ ।
 
पोखराको लामाचौरस्थित गोस्तेघाट खेल मैदानमा भएको खेलमा वागमतीले शुरुवाती अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु पर्यो । पहिलो हाफको ईञ्जुरी समयको पहिलो मिनेटमै अभिषेक रिजालले गोल गर्दै वागमतीलाई शुरुवाती अग्रता दिलाएका थिए ।
 
तर दोश्रो हाफको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई खेलमा फर्काए । त्यसको एक मिनेट पछि अर्थात ६६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । लामाले दोश्रो हाफको ईञ्जुरी समयमा थप एक गोल गर्दै एपीएफको जित सुनिश्चित गरे ।
Post Comments