News आइ लिगमा अनिताको 'सेथु' सफल
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य अनिता बस्नेतको टोली सेथु एफसीले महिला आइ लिगमा विजयी शुरुवात गरेको छ ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको सेथुले कोल्हापुर सिटी एफसीलाई ५–० को फराकिलो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।

शुक्रबार नै भएको अर्को खेलमा क्रिप्साले किकस्टार्ट एफसीलाई ४–० को अन्तरले पराजित गरेको थियो ।

स्मरण रहोस, महिला आइ लिगमा यसपटक पनि नेपालकी अनितासँगै साबित्रा भण्डारी पनि छिन् । गत बर्ष यी दुवै खेलाडीले सेथु एफसीबाट खेले तापनि यसपटक साबित्राले गोकुलम एफसीबाट खेल्दैछिन् ।

Post Comments