News बाह्रबिसे र चन्द्रपुरको विजयी शुरुवात
गोलनेपाल

रौतहट । शुक्रबारदेखि शुरु चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा बाह्रबिसे नगरपालिका र चन्द्रपुर नगरपालिकाले विजयी शुरुवात गरेका छन् ।

चन्द्रपुर–६, रौतहट स्थित शेर बहादुर दर्लामी स्मृति खेलमैदानमा भएको उद्घाटन खेलमा समूह ए तर्फ बाह्रबिसे नगरपालिकाले बिदुर नगरपालिकालाई ४–० ले हरायो ।

बाह्रबिसेका लागि २३औं मिनटमा सुस्मा तामाङले पहिलो गोल गरिन् । त्यस्तै २७ औं मिनटमा पार्वती घलेले दोस्रो गरिन् भने ४६औं मिनटमा अनु राईले तेस्रो गोल गरिन् ।

त्यस्तै ५९औं मिनटमा पार्वती घलेले नै बाह्रबिसेका लागि चौथो गोल गर्दै टोलीको सहज जित पक्का गरिन् । खेलमा बाह्रबिसेकी दुई गोलकर्ता पार्वती घले नै वुमन अफ द म्याच घोषित भईन् ।

त्यसैगरी दोस्रो खेलमा घरेलु टोली चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई ३–० ले हरायो । चन्द्रपुरको जितमा दिल कुमारी रानाले ४८ र ५२औं मिनटमा लगातार दुई गोल गरिन् । त्यस्तै थप एक गोल भने ५०औं मिनटमा मनिषा राउतले गरेकी थिईन् । खेलको वुमन अफ द म्याच चन्द्रपुरकी दिल कुमारी राना घोषित भईन् ।

रौतहट जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वय र व्यवस्थानमा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि माघ १८ गतेका दिन हुनेछ ।

 

Post Comments