News युनाइटेड देउमाई र मिरमिरेको जित
गोलनेपाल

शान्तिडाँडा । यहाँ जारी दोस्रो शुभ दिपावली गोल्डकप नकआउट फुटबल प्रतियोगितामा युनाइटेड देउमाई युथ क्लब र मिरमिरे एफसीले जित हात पारेको छ । शान्तिडाँडा खेलमैदानमा भएको पहिलो खेलमा युनाइटेड देउमाईले टिवाईसीलाई ३–१ ले हरायो । खेलमा युनाइटेड देउमाईका गौरव धिमाल म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै दोस्रो खेलमा मिरमिरेले सनसिटी एफसीलाई ४–१ को अन्तरले पराजित गर्यो । सो खेलमा मिरमिरेका हेमसागर राई म्यान अफ द म्याच घोषित भए । यो जितसँगै दुवै टोली क्वाटरफाइन्लमा समेत प्रवेश गरेका छन् । प्रतियोगिता अन्तरगत बुधबारको पहिलो खेल रेडस्टार एफसी र मुलखर्क एफसीबीच हुनेछ भने दोस्रो खेल गोर्खा ब्रीगेड र इस्ट क्ष्लाम बीच हुने आयोजकले जानकारी दियो ।

न्यु रिभोलुसन टिम, देउमाई नगरपालिका–३, शान्तिडाँडा, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७५ हजार हात पार्नेछ भने उपविजेताले ४१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक ९ गतेका दिन हुनेछ ।

Post Comments