News दिपेशकको गोलले गाईघाट सेमिफाइनलमा
जनम बराल

नेपालटार । साँघुरो जित निकाल्दै गाईघाट फुटबल क्लब यहाँ जारी तेस्रो उदयपुरगढी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालटार स्थित भकुण्डे चौरमा सम्पन्न तेस्रो क्वाटरफाइनलमा गाईघाटले राउतमै फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । गाईघाटका लागि दिपेश भुजेलले एक मात्र निर्णायक गोल गरे ।

निर्णायक गोलकर्ता दिपेश भुजेल ने खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत कार्तिक ४ गते शुक्रबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल बिवाइसी, बर्दिबास र गोलबजार प्रतिभा क्लब, गोलबजार बीच हुने आयोजकले जानकारी दियो ।

आदर्श युवा क्लब, नेपालटार, उदयपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख २० हजार हात पार्नेछ भने उपविजेताले ६० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि कार्तिक ७ गतेका दिन हुनेछ ।

Post Comments