News भोजपुरमा नाईन ए साईड खुला फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

भोजपुर । वडा खेलकुद समिति, षडानन्द नगरपालिका–६, भोजपुरको आयोजनामा यहि कार्तिक ४ गतेदेखि नाईन ए साईड खुला पुरुष फुटबल प्रतियोगिता शुरु हुँदैछ ।

शुभ दिपावलीको अवसर पारी ‘स्वास्थ्य र सिर्जनशील युवाको लागि खेलकुद, खेलकुदका लागि युवा’ भन्ने मूल नाराका साथ शुरु हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५१,१५१ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१३१ रुपैयाँ प्राप्त गर्ने आयोजकले जानकारी दियो । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद २१,१२१ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments