News कार्तिक ११ देखि पिटसबर्ग च्यालेन्ज कप
गोलनेपाल

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं. १० मा रहेको शिविर क्याममा पिटसबर्ग च्यालेन्ज कप हुने भएको छ । नेपाली भुटनिज समुदायको आयोजनामा प्रतियोगीता हुन लागेको आयोजकले जानकारी दिए ।

पथरीशनिश्चरे वडा नं १० स्थित प्रस्तावित पथरी रंगशालामा हुने उक्त प्रतियोगिता अमेरिकामा रहेका नेपाली भाषि युवाहरुको आर्थिक व्यबस्थापनमा हुन लागेको हो । कार्तिक ११ गतेबाट सुरु हुने प्रतियोगिताको १८ गते फाइनल खेल हुने भएको छ ।

प्रतियोगितामा दमक एकेडेमी, पथरी ११ एफसी, चारतारे एफसी, भुटानी शरणार्थी शिविर पथरीशनिश्चरे, बेलबारी एफसी, बेलडाँगी भुटानी शरणर्थी शिविर, जहदा एफसी र टेन नवोदय गरी आठ टिम सहभागी हुने आयोजक समिति संयोजक गणेश थक्लुङ लिम्बूले बताए ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने क्लवलाई क्रमस २ लाख १ हजार र १ लाख १ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजन समितिले जनाएको छ । प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याच खेलाडिलाई २५ सय र अन्य विधानगत उत्कृष्ट खेलाडिहरुलाई पाँचदेखि साढे सात हजारसम्म नगद पुरस्कार प्रदान गरिने आयोजक समितिका बिक्की राईले बताए ।

पिट्सबर्ग फुटबल प्रतियोगिता अमेरिकामा पनि नेपालीहरुवीच प्रतियोगिता हुँदै आएको अर्जुन विष्टले बताए ।

Post Comments