News दक्षिण कोरियाः प्रथम ग्रीन नेपाल एफसी कप हुँदै
गोलनेपाल

काठमाडौं । दक्षिण कोरियामा रहेका आप्रवासी नेपालीहरुबीच यहि अक्टुबर ३० तारीखका दिन एक दिने प्रथम ग्रीन नेपाल एफसी कप हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारी लगभग पूरा भई सकेको आयोजक क्लबका हेमन्त गुरुङले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगदन ३० लाख कोरियन वोन हात पार्नेछ भने उपविजेताले १५ लाख कोरियन वोनका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पनि गुरुङले जानकारी दिए । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई पनि जनही ५–५ लाख वोन प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा कुल २९ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ ।

Post Comments