News १० औँ भङ्‍गेरी कप फुटवल प्रतियोगीता २०७९ को उपाधि नव स्टार युवा क्लबको पोल्टामा
गोलनेपाल

म्यागङ क्षेत्रकै सर्वाधिक धनराशीको १० औँ भङ्‍गेरी कप फुटवल प्रतियोगीता २०७९ को उपाधि म्यागङ-६, पोखरीको नव स्टार युवा क्लब टीम 'बी'ले उचालेको छ।

कन्यास्थान युवा क्लबको भङ्‍गेरी डाँडामा भएको फाइनल खेलमा नेत्रावती डवजोङ टिकादुङको म्हाने गङ युवा क्लबलाई ३-० ले पराजित गर्दै नव स्टार युवा क्लबले उपाधि आफ्नो पोल्टा पारेको हो। असोज ३० गतेबाट सुरु भएको यस प्रतियोगीतामा २० क्लबहरुको सहभागीता थियो।

फाइनल तथा समापन कार्यक्रममा ने.कां. को नेता बहादुर सिंह लामा (तामाङ) प्रमुख अतिथि, जगत बहादुर तामाङ्ग र म्यागङ गा.पा. प्रमुख आशा तामाङ्ग विशेष अतिथि र म्यागङ गा.पा. उप-प्रमुख सीता तामाङ्ग अतिथि रहेका थिए। यसका अतिरिक्ति अन्य अतिथीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो।उपाधि विजेता नव स्टारले नगद रु.१,११,१११ सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्‍यो भने उप-विजेता म्हाने गङ युवा क्लबले नगद रु.५५,५५५ सहित ट्रफी, मेडल र प्रमाण-पत्रमा चित्ता बुझाउनु पर्‍यो।

यस प्रतियोगिताको अन्य पुरस्कारहरु निम्‍न अनुसार रहेका छन्।

१. उत्कृष्‍ट खेलाडी- प्रदीप डंगोल (म्हाने गङ युवा क्लब)
२. उच्च गोलकर्ता- चत्तुरमान तामाङ्ग (नव स्टार युवा क्लब) [६ गोल]
३. उत्कृष्‍ट डिफेन्डर- सूर्य तामाङ्ग (नव स्टार युवा क्लब)
४. उत्कृष्‍ट गोल किप्‍पर- सुसन खड्का (नव स्टार युवा क्लब)
५. उत्कृष्‍ट कोच:- विजय तामाङ्ग (म्हाने गङ युवा क्लब)
६. उत्कृष्‍ट मेनेजर:- श्याम तामाङ्ग (नव स्टार युवा क्लब)
७. अनुशासित टीम:- प्लेनप्लेन युवा क्लब

Post Comments