News सुनिलको गोलले राजारानी फाइनलमा
गोलनेपाल

बेलबारी । सुनिल खड्का निर्णायक बनेपछि राजारानी फुटबल क्लब, धनकुटा जारी पाँचौ बेलबारी बुद्ध एयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा राजारानीले सहलेश युवा क्लब, सिराहालाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । लक्ष्मी माविको खेलमैदानमा भएको भएको ७२औं मिनटमा सुनिल खड्काले गरेको एक मात्र गोल राजारानीलाई फाइनलमा पुर्याउन निर्णायक बन्यो ।

खेलमा राजारानीका गोलरक्षक पुजन होना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । राजारानीले अब कार्तिक २३ गते बुधबार नै फाइनलमा एपिएफ फुटबल क्लब, काठमाडौंसँग उपाधिका लागि भिड्नेछ ।

डाँगीहाट युवा क्लब, मोरङको आयोजना तथा बुद्ध एयरको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

Post Comments