News लोयल्टी क्वाटरफाइनलमा प्रवेश
गोलनेपाल

काठमाडौं । लोयल्टी एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा लोयल्टीले कौस्तुभलाई ४–० गोलले पराजित ग¥यो । श्री सञ्जय साइ मन्दिर पनि ग्रामरलाई ४–१ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो ।

नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्त आयोजित प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । नकआउट पद्धतिमा जारी प्रतियोगितामा १६ टिम सहभागी छन् ।

Post Comments