News सहज जितका साथ छथर फाइनलमा
गोलनेपाल

माङसेबुङ । सहज जित निकाल्दै छथर गाउँपालिका, तेह्रथुम यहाँ जारी १५औं आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आत्मानन्द खेलमैदानमा बुधबार भएको दोस्रो सेमिफाइनलमा छथरले जलल एफसी, झापालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । छथरका लागि प्रवेश बस्नेतले दोस्रो मिनट मै गोलको खाता खोलेका थिए ।

त्यस्तै मिलन लिम्बुले पहिलो हाफको २२औं र दोस्रो हाफको २३औं मिनटमा थप दुई गोल गर्दै छटरको जित पक्का गरेका थिए । खेलमा छथरका प्रवेश बस्नेत म्यान अफ द म्याच घोषित भए ।

छथरले अब उपाधिका लागि फाइनलमा तिजोग युवा क्लब, पाँचथरसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल यहि मंसिर १७ गतेका दिन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१६९ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०५,१६९ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments