News
किरनसँग फुटबल टक लाईभ

काठमाडौं । नेपालका नम्बर एक गोलरक्षक तथा पुरुष फुटबल टोलीका नियमित कप्तान किरन चेम्जोङ डिजिटल प्लेटफर्म भाईबरमा लाईभ आउने भएका छन् ।
नेपालको परिचित खेलकुद कार्यक्रम प्रस्तोता अभिनव जोशी संचालनमा हुने फुटबल उत्सव कार्यक्रममा किरन लाईभ आउन लागेका हुन् । कार्यक्रम आइतबार दिनको २ बजेदेखि शुरु हुनेछ ।
कार्यक्रममा किरनसँग समसामयिक फुटबलको अन्तरक्रिया, कुराकानी तथा जारी कतार विश्वकपबारे पनि भलाकुसारी लगायतका फुटबल गतिविधीबारे कुरा र चर्चा हुनेछ ।
फुटबल समर्थकहरु पनि सो लाईभ कार्यक्रममा सहभागि हुन सक्नेछन् । त्यसका लागि भाईबर एप्लिकेशन पनि डाउनलोड गर्नुपनेछ ।
भाईबरसँग जोडिन यहाँ क्लिक गर्नुहोस् ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै