सिरिजङ्गा । ताप्लेजुङमा यहि मंसिर २५ देखि दोस्रो सिरिजङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारी पूरा भईसकेको तथा खेलतालिका पनि सार्वजनिक गरिएको आयोजकले जानकारी दियो ।
सिरिजङ्गा–४, तेल्लोक स्थित तेल्लोक माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक तेल्लोक स्र्पोटिङ क्लब र खेलाङ स्र्पोटिङक क्लब भिड्ने छन् । कुल १० टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल मंसिर २९ गतेका दिन हुनेछ ।
तेल्लोक स्र्पोटिङ क्लब र तेअङ्सी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर गोलनेपाल डटकम रहेको छ ।
- तेह्रथुमको म्याङ्लुङलाई ताप्लेजुङको साँघुमा सम्पन्न विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी
- ताप्लेजुङको साँघुमा जारी विशेष महाशिवरात्री फुटबल प्रतियोगिताको उपाधी समीकरण पुरा
- शानदार जितसहित धनकुटा र संखुवासभा ताप्लेजुङमा जारी विशेष महाशिवरात्री कपको अन्तिम चारमा
- आयोजक जलजलेलाई घरेलु मैदानमा स्तब्ध पार्दै म्याङ्लुङ स्पोर्टिङ सेमिफाइनल प्रवेश
- ताप्लेजुङको नाल्बुमा सम्पन्न वडा स्तरीय पुरूष फुटबलको उपाधि सॅाघु र महिला तर्फ सॅावालाई