सिरिजङ्गा । ताप्लेजुङमा यहि मंसिर २५ देखि दोस्रो सिरिजङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारी पूरा भईसकेको तथा खेलतालिका पनि सार्वजनिक गरिएको आयोजकले जानकारी दियो ।
सिरिजङ्गा–४, तेल्लोक स्थित तेल्लोक माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक तेल्लोक स्र्पोटिङ क्लब र खेलाङ स्र्पोटिङक क्लब भिड्ने छन् । कुल १० टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल मंसिर २९ गतेका दिन हुनेछ ।
तेल्लोक स्र्पोटिङ क्लब र तेअङ्सी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ८१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर गोलनेपाल डटकम रहेको छ ।
- ताप्लेजुङको सॉवामा दोस्रो अलैँची कप मंसिर २ देखि, विजेताले ३ लाख २ हजार रुपैयाँको अलैँची पाउने
- सिरिजङगा गोल्डकप तथा सिरिजङगा मेला–२०८३ मंसिर २३ देखि २९ गतेसम्म हुने
- ताप्लेजुङ गोल्डकपमा ५२ लाख ९६ हजार बढीको टिकट बिक्री
- ताप्लेजुङ गाेल्डकपमा टिकट बिक्रीबाट सवा ३८ लाख संकलन
- सल्हेश सिरहालाई दोस्रोपटक ताप्लेजुङ गोल्डकपको उपाधि