News
नेक्सस र बेस्ट ग्रुप फाइनलमा
काठमाडौं । आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र बेस्ट ग्रुप भिजन एकेडेमी पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगितामा फाइनलमा प्रवेश गरेका छन् ।
मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले लोयल्टी एकेडेमीलाई ४–० गोलले पराजित गर्यो । नेक्ससका अनिश थापा मगरले २ तथा देवराज मगर र दिलन लिम्बूले १–१ गोल गरे ।
बेस्ट ग्रुपले लाइसियम प्याराडाइसलाई २–१ गोलले हरायो । बेस्ट ग्रुपका लागि दुवै गोल साहिल तामाङले गरे । लाइसियमका सुजन खत्रीले १ गोल फर्काए । फाइनल शनिबार हुनेछ । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक विवेक कट्वालले जनाएका छन् ।
Post Comments
Related News
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि