News आयोजक नेक्ससलाई उपाधि
गोलनेपाल

काठमाडौं । आयोजक नेक्सस इन्टरनेसनल एकेडेमीले पाँचौं नेक्सस–संकटा कप छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा भएको फाइनलमा नेक्ससले बेस्ट ग्रुप भिजन एकेडेमीलाई ४–० गोलअन्तरले पराजित गर्यो ।

नेक्ससका अंकित आले मगरले २ तथा राज मगर र अनिश थापा मगरले १–१ गोल गरे । उपाधिसंगै नेक्ससले ५० हजार तथा बेस्ट ग्रुपले २५ हजार नगद पुरस्कार पाए ।

नेक्ससका अंकित आले मगर उत्कृष्ट खेलाडी घोषित भए । गोलरक्षकमा लाइसियम प्याराडाइस एकेडेमीका प्रदिप बोहरा, डिफेन्समा नेक्ससका एकराज विक, मिडफिल्डमा बेस्ट ग्रुपका निश्चल बमजन र स्ट्राइकरमा नेक्ससका अनिश थापा मगर उत्कृष्ट चुनिए । नेक्ससका राजेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक ठहरिए । ग्लेडस्टोन उनुशासित टिम  बन्यो ।

विजेतालाई अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पा, नेक्ससका संस्थापक प्रिन्सिपल आरबी कट्वाल, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ११ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको प्रतियोगिता संयोजक विवेक कट्वालले जनाएका छन् । प्रतियोगिता नेक्सससहित संकटा युथ क्लबको संयुक्त आयोजनामा भएको हो ।

Post Comments