News सिर्जना युथलाई १६औं गोधुली कपको उपाधि
राजकुमार श्रेष्ठ

तामाफोक । यहाँ सम्पन्न प्रतिष्ठित १६औं गोधुली कप नकआउट फुटबल प्रतियोगिताको उपाधि सिर्जना युथ क्लब, धरान, सुनसरीले जितेको छ । तुमोक खेलमैदानमा भएको उपाधि भिडन्तमा सिर्जनाले रियल लसुने एफसीलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि जित्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछिको पेनाल्टी शुटआउटमा भने सिर्जनाले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।

विजेता बनेको सिर्जना युथले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता रियल लसुनेले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

मिरमिरले युथ क्लब, तामाफोक, संखुवासभाको आयोजनामा मंसिर २२ गतेदेखि शुरु प्रतियोगितामा प्रदेश नम्बर १ का कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments