News गण्डकी प्रदेश लिगः कास्की र लम्जुङ फाइनलमा भिड्ने
गोलनेपाल

पोखरा । लेखनाथको भण्डारढिक स्थित आदर्श युवा क्लबको खेल मैदानमा जारी गण्डकी प्रदेश स्तरीय मुख्य मन्त्री लिग फुटबल प्रतियोगिताको फाइनलमा कास्की र लम्जुङ भिड्ने भएका छन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीको संयोजनमा जारी लिगको सेमिफाइनलमा कास्कीको प्रतिनिधित्व गरेको आदर्श युवा क्लबले तनहुँको प्रतिनिधित्व गरेको भिमाद क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको हो ।

सोमबार भएको पहिलो सेमिफाइनल खेलमा कास्कीले तनहुँलाई टाइब्रेकरमा ५– ३ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको हो । खेलमा कास्कीका गोलरक्षक विश्वास क्षेत्री खेलको म्यान अफ दि म्याच घोषित भए ।

सोमबार नै सम्पन्न दोस्रो सेमिफाइनलमा लम्जुङले स्याङ्जालाई ३–१ ले हराउँदै फाइनल यात्रा तय गर्यो । लम्जुङका लागि सन्दिप राना, आसिक गुरुङ्ग र नवराज गुरुङ्ग गोल गरे । उता पराजित स्याङ्जाका लागि सरद कुमार क्षेत्रीले एक गोल गरे । खेलको म्यान अफ दि म्याच लम्जुङका सन्दिप राना घाषित भए ।

यहि माघ ७ गतेदेखि शुरु प्रदेशस्तरीय लिगमा गण्डकी प्रदेशका ९ जिल्लाको सहभागीता रहेको थियो । जिल्ला लिग जितेका टिमले प्रदेश लिगमा सहभागीता जनाएका हुन । लिग विजेताले नगद ५ लाख रुपैँया प्राप्त गर्ने छ भने उपपिजेताले ३ लाख रुपैँया हात पार्नेछ ।

 

Post Comments