News धरान भेट्रान्सलाई उर्लाबारी कपको उपाधि
गोलनेपाल

उर्लाबारी । माेरङकाे उर्लाबारीमा सम्पन्न प्रथम उर्लाबारी कप भेट्रान फुटवल प्रतियाेगिताकाे उपाधि सुनसरीकाे धरान भेट्रान फुटवल क्लबले जितेकाे छ ।

उर्लाबारी भेट्रान क्लबकाे आयाेजनामा उर्लाबारी स्थित राधिका माविकाे खेल मैदानमा आज सम्पन्न फाईनलमा माेरङकाे विराटनगर भेट्रानलाई ट्राइवेकरमा पराजित गर्दै धरानले उपाधि जितेकाे हाे ।

प्रतियाेगिताकाे समापन समारोहका प्रमुख अतिथि उर्लाबारी नगरपालिका प्रमुख गंगा प्रसाद खरेल र विशिष्ट अतिथि एन्फा केन्द्रिय सदस्य दिपेन्द्र धिमालले विजेता र उप-विजेतालाई ट्रफि तथा नगद पुरस्कार वितरण गरेका थिए ।

प्रतियाेगिता समापनकाे अवरसमा वाेल्दै नगर प्रमुख गंगा प्रसाद खरेलले अवकाे समृद्व नगर भनेकाे खेलाडी र खेलकुदकाे विकास सहितकाे नगर हुने र त्यसका निम्ति नगरले खेलकुद ऐन बनाएर खेलकुद विकासका निम्ति अघि बढिरहेकाे बताए ।
 
Post Comments