News रुम्जाटार गोल्डकप पुष १० देखि
गोलनेपाल

रुम्जाटार । रुम्जाटार युनाइटेड, ओखलढुंगाको आयोजनामा आउँदो पुष १० देखि १४ गतेसम्म रुम्जाटार गोल्डकप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको आयोजकले जानकारी दियो । साथै प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि पुष ७ गतेसम्म टिमदर्ता खुला गरिएको आयोजकले जनाएको छ । टिमदर्ता शुल्क वापत ७ हजार तथा डिपोजिट रकम थप ३ हजार बुझाउनु पर्ने पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई पनि २२,२२२ रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Post Comments