काठमाडौं । कतारमा जारी फिफा विश्वकपलाई विषय वस्तु बनाएर संचालनमा रहेको फुटबल उत्सव कार्यक्रममा बिहीबार नेपालका नम्बर एक गोलरक्षक किरन चेम्जोङ म्यासेजिङ एप भाइबरमार्फत लाईभ फुटबल कार्यक्रममा आउने भएका छन् ।
खेलकुद कार्यक्रम प्रस्तोता अभिनव जोशीले संचालन गर्ने सो कार्यक्रममा फुटबल समर्थकहरुले विश्वकपबारे समसामयिक कुराहरु तथा राष्ट्रिउ, अन्तर्राष्ट्रिय फुटबलसँग सम्बन्धित कुराहरुबारे अन्तरक्रिया गर्न पाउने छन् ।
बिहीबार दिनको २ बजेदेखि शुरु हुने सो कार्यक्रममा सहभागिताका लागि फुटबल समर्थकहरुले भाइबर एप डाउनलोड गर्नुपर्नेछ । र फुटबल उत्सव कार्यक्रममा प्रत्यक्ष सहभागि हुन सक्नेछन् ।
त्यस्तै सोही अवसरमा फुटबल समर्थकहरुले क्वीज कार्यक्रममा पनि सहभागिता जनाउन पाउने छन् । साथै भाग्यशाली विजेताले नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा चर्चित फरवार्ड अनिल गुरुङसँग धन्यन्तरी फुटसलमा गुरुङसँगै फुटसल खेल्ने अवसर पनि पाउने छन् ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै