News सुनाकोटी सिटीलाई सिरिजङ्गा गोल्डकपको उपाधि
गोलनेपाल

तेल्लोक । यहाँ सम्पन्न दोस्रो सिरिजङ्गा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि सुनाकोटी सिटी एफसी, काठमाडौले जितेको छ । फाइनलमा न्यु स्टार क्लब, झापालाई शून्यका विरुद्ध १ गोलले हराउँदै सुनाकोटी च्याम्पियन बनेको हो ।

तेल्लोक माविको खेलमैदानमा सम्पन्न फाइनल खेलको ७८औं मिनटमा शिशिर लेखीले गरेको एक मात्र गोल सुनाकोटीलाई उपाधि जिताउन निर्णायक बन्यो । लेखी नै फाइनल खेलको म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत १ हजार र ट्रफी हात पारे ।

त्यस्तै व्यक्तिगत विधातर्फ सुनाकोटीका समिर लिम्बु उत्कृष्ट गोलरक्षक बन्दा उत्कृष्ट डिफेन्डर पनि सुनाकोटी कै अनुशरण राई घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार खेवाङ स्र्पोटिङका आयुष श्रेष्ठले हात पारे ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी न्यु स्टारका सानुका सम्बा घोषित भए । उनले ट्रफीसहित नगद ३ हजार हात पारे । अन्य उत्कृष्ट बनेका सबैले जनही २ हजारसहित ट्रफी हात पारे । त्यसैगरी विजेता बनेको सुनाकोटीले उपाधिसहित १ लाख ५१ हजार हात पार्यो भने उपविजेता न्यु स्टारले ८१ हजारमा चित्त बुझायो ।

तेल्लोक स्र्पोटिङ क्लब र तेअङ्सी सिरिजङ्गा स्मृति संस्था, ताप्लेजुङको संयुक्त आयोजनामा मंसिर २५ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments