News अल स्टार फाइनलमा, उपाधिका लागि आयोजक भैरवसँग भिड्ने
सुरज राना मगर

बर्दघाट । अल स्टार क्लब, तनहुँ यहाँ जारी प्रथम भैरव कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा बिपी स्मृति क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अल स्टारले फाइनल स्थान पक्का गरेको हो ।

बर्दघाट–१४, गोपीगंज स्थित स्थानीय खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा अल स्टारका लागि अनुभवी फरवार्ड कान्छा गुरुङले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता गुरुङ नै खेलको म्यान अफ द म्याच समेत चुनिए । अल स्टारले अब फाइनलमा पुष २ गते शनिबारका लागि आयोजक भैरव स्पोर्टस क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

बुद्धबस्ती पिपल्स क्लब, बर्दघाट–१४, नवलपरासीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित दुई टोलीलाई नगद १५–१५ हजार प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष अन्जन अधिकारीले जानकारी दिए ।

 

Post Comments