News २२औं आहा! रारा पोखरा गोल्डकपको खेलतालिका सार्वजनिक (खेलतालिकासहित)
उमेश पुन

पोखरा । मोफसलको प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ । सहारा क्लब, पोखराको आयोजनामा यहि पौष १४ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब, पोखरा र धरान एफसी, धरान भिड्ने छन् ।

पोखरा रंगशालामा हुने प्रतियोगितामा एक विदेशी सहित कुल १० टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल पौष २३ गतेका दिन हुनेछ । प्रतियोगिताको गत संस्करणको उपाधि विभागीय टोली एपिएफ फुटबल क्लबले जितेको थियो ।

प्रतियोगितामा यसपटक पुरस्कार राशीमा पनि बृद्धि गरिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १२ लाख हात पार्नेछ भने उपविजेताले ६ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताबाट संकलित रकम सहारा क्लब कै व्यवस्थापन र रेखदेखमा सञ्चालित सहारा एकेडेमीमा आश्रित बाल खेलाडीहरुको शिक्षा, आवास र अन्य खर्चमा प्रयोग हुँदै आएको छ ।

Post Comments