News फिफा वरियतामा नेपालको स्थान यथावत
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको नियमनकारी निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालको स्थान १७५औं स्थान मै यथावत रहेको छ । दक्षिण एसियातर्फ भने नेपाल तेस्रो स्थानमा छ ।

फिफा वरियताको १०६औं स्थानमा रहेको भारत दक्षिण एसियातर्फ पनि शिर्ष स्थानमा कायम छ । त्यस्तै १५६औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । १८५औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ नेपालपछि चौथो स्थानमा छ ।

१९२औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ । त्यस्तै लामो समयपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान १९५औं स्थानमा छ र दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । २०७औं स्थानमा रहेको श्रीलंका भने दक्षिण एसियातर्फ पनि पुछारमा छ ।

जापान र ब्राजीलको शिर्षता

त्यसैगरी फिफा वरियताको २०औं स्थानमा रहेको जापान एसियातर्फ शिर्ष स्थानमा छ । २४औं स्थानमा रहेको इरान एसियातर्फ दोस्रो स्थानमा रहँदा २५औं स्थानमा रहेको दक्षिण कोरिया एसियातर्फ तेस्रो स्थानमा छ ।

त्यस्तै विश्व वरियताको शिर्ष स्थानमा छ भने दक्षिण अमेरिकी महारथी ब्राजील छ । विश्व च्याम्पियन अर्जेन्टिना दोस्रो स्थानमा उक्लिएको छ भने विश्वकपमा दोस्रो बनेको फ्रान्स विश्व वरियतामा तेस्रो स्थानमा पुगेको छ ।

Post Comments