News
अनन्त बने सहारा वर्ष खेलाडी

पोखरा । राष्ट्रिय पुरुष फुटबल टोलीका स्टार डिफेन्डर अनन्त तामाङ यस वर्षको सहारा वर्ष खेलाडी घोषित भएका छन् । मोफसलमा आफ्नो विशेष पहिचान बनाईसकेको सहारा क्लब, पोखराले वार्षिक रुपमा दिंदै आएको यो पुरस्कारबाट यसपटक अनन्त सम्मानित हुने भएका हुन् ।
यहि पौष १४ गतेदेखि शुरु हुन गईरहेको २२औं आहा! रारा पोखरा गोल्डकपको अवसर पारि अनन्तलाई सम्मान गरिने सहारा क्लबका महासचिव रामजी अधिकारीले बताए । यो पुरस्कार वापत अनन्तले सम्मानपत्रसहित नगद ५० हजार ५ रुपैयाँ प्राप्त गर्नेछन् ।
यसअघि यो पुरस्कारबाट राष्ट्रिय फुटबल टोली कै नम्बर एक गोलरक्षक तथा कप्तान किरन चेम्जोङ, भरत खवास, अभिषेक रिजाल, सुजल श्रेष्ठ र अन्जन बिष्ट पनि सम्मानित र पुरस्कृत भईसकेका छन् ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने