
काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग शुरु हुने अझै अन्यौल रहे तापनि संकटा क्लबले लिगलाई मध्य नजरमा राख्दै केही महत्वपूर्ण खेलाडीहरुलाई क्लबमा आवद्ध गरेको छ । जसमा राष्ट्रिय फुटबल टोलीका केही अहम सदस्यहरु पनि छन् ।
संकटाले भित्राएको ६ खेलाडीहरुमा सुनिल बल, सुरज जिउ ठकुरी, आयुष घलान, गौतम श्रेष्ठ, निशान खड्का र गोलरक्षक टिकेन्द्र थापा रहेका छन् । स्मरण रहोस, यी ६ खेलाडी नै राष्ट्रिय फुटबल टोलीका सदस्य समेत हुन् ।
सुनिल बलले गत सिजन मच्छिन्द्रका लागि खेल्दै लिग उपाधि जितेका थिए । त्यस्तै आयुष घलान र निशान खड्का थ्रीस्टारमा आवद्ध थिए भने गौतम श्रेष्ठ आर्मी तथा टिकेन्द्र र सुरज जावलाखेलमा रहेर लिग खेलेका थिए ।
यी खेलाडीहरुलाई अनुवन्ध गरेसँगै संकटा थप बलियो टोलीका रुपमा उभिने देखिएको छ । संकटाले यहि पौष १४ गतेदेखि शुरु हुन गईरहेको प्रतिष्ठित २२औं आहा! रारा पोखरा गोल्डकप पनि खेल्दैछ । जसमा संकटाले पौष १८ गतेका दिन बलियो त्रिभुवन आर्मी फुटबल क्लबसँग खेल्ने कार्यक्रम छ ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय