News फुकुओका फुटसल च्याम्पियनसिप हुने
गोलनेपाल

काठमाडौं । जापानमा रहेका नेपाली समुदायहरुबीच आउँदो फेब्रुअरी ४ तारीखका दिन फुकुओका फुटसल च्याम्पियनसिप हुने भएको छ । किक इगल्स एफसीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिसकेको आयोजक क्लबका रोजिन थापा मगरले बताए ।

प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि जनवरी २७ सम्म खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ३२ हजार १ सय जापानीज येन तोकिएको छ । प्रतियोगिता अवधिभर खेलाडीहरुको विमा एनआरएनए क्युशु, जापानले गरेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित २ लाख ३४ हजार ५६७ जापानीज येन प्राप्त गर्नेछ भने उपविजेताले १ लाख २३ हजार ४५६ येनका सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टोली तथा व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments