News गण्डकीमाथि काथेरेन्योको सहज जित
उमेश पुन

पोखरा । ‘शान्तिका लागि फुटबल’ भन्ने नाराका साथ नेपाल भ्रमणमा रहेको स्पेनिस क्लब सिपी काथेरेन्योले बुधबार भएको पहिलो मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।

पोखरा रंगशालामा सम्पन्न खेलमा काथेरेन्योले घरेलु टोली गण्डकी–११ माथि ३–० को जित निकाल्यो । काथेरेन्योका लागि २२औं मिनटमा कार्मेलो मोराले पहिलो गोल गरे । त्यसको ६ मिनट लगतै मिचेल क्यारिलेरोले दोस्रो गोल थपे ।

खेलमा सहज र शान्त प्रदर्शन गरेको स्पेनिस टोलीका लागि ८८औं मिनटमा सर्जियो फेरेसले तेस्रो गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरेका थिए । स्पेनिस टोलीले आफ्नो दोस्रो खेल बिहीबार दशरथ रंगशालामा काठमाडौं–११ सँग खेल्नेछ ।

लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजना र व्यवस्थापनमा नेपालको फुटबल र पर्यटन प्रवद्र्धनका लागि नेपाल आएको काथेरेन्योले केही दिन नेपाल बसाईका क्रममा अन्य फुटबल गतिविधीहरुमा पनि सहभागि हुने बताइएको छ ।

Post Comments