News
चौथो थाहा गोल्डकप पौष २६ देखि

हेटौडा । थाहा नगरपालिका, मकवानपुरको आयोजनामा यहि पौष २६ गतेदेखि चौथो थाहा गोल्डकप राष्ट्रिय खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
मकवानपुर स्थित इन्द्रायणी चौरमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको आयोजकले जानकारी दियो । आयोजकले प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि आउँदो पौष २४ गतेसम्म टिमदर्ता गर्न सकिने जनाएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचार प्रसार संयोजक सुमन बिष्टले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।
स्मरण रहोस, प्रतियोगिताको तेस्रो संस्करणको उपाधि अंगारा फुटबल क्लबले जितेको थियो । गोलनेपाल डटकम प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर समेत रहेको छ ।
Post Comments
Related News
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा