News अनन्त 'सहारा वर्ष खेलाडी'बाट पुरस्कृत
सुदर्शन रञ्जित

पोखरा । मोफसलमा अलग पहिचान बनाएको सहारा क्लब, पोखराले राष्ट्रिय फुटबल टोलीका सदस्य अनन्त तामाङलाई सहारा वर्ष खेलाडी पुरस्कारबाट सम्मानित तथा पुरस्कृत गरेको छ ।

बिहीबार २२औं आहा! रारा पोखरा गोल्डकपको उद्घाटन कार्यक्रममा अनन्तलाई सहारा क्लबका अध्यक्ष सुरज गुरुङले पुरस्कृत गरे । उनलाई नगद ५० हजार ५ रुपैयाँ सहित सम्मानपत्र र दोसल्ला ओढाई पुरस्कृत गरिएको थियो । स्मरण रहोस, सहारा क्लबले केही दिन अघि मात्र वर्ष खेलाडीको पुरस्कारबाट यसपटक अनन्तलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

सहारा क्लबले वार्षिक रुपमा प्रदान गर्दै आएको यो पुरस्कार यसअघि राष्ट्रिय फुटबल टोलीकाका सदस्यहरु सुजल श्रेष्ठ, किरन चेम्जोङ, भरत खवास, अभिषेक रिजाल, अन्जन बिष्ट जस्ता खेलाडीहरुलाई पाइसकेका छन् ।

Post Comments