News सहारा क्लबलाई हङकङको ३ लाख सहयोग
सुदर्शन रञ्जित

पोखरा । २२ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता बिहीबारदेखि पोखरा रंगशालामा सुरु भएको छ । पोखरा रंगशालामा १० दिनसम्म चल्ने फुटबल प्रतियोगितामा विभिन्न १० टिमले भाग लिएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा खेलकुदको सहरको रुपमा विकास भएको बताए ।

यसैबीच, सहारा क्लबद्वारा संचालित स्व. सूर्यबहादुर केसी सहारा फुटबल एकेडेमीको लागि सहारा क्लब हङकङले ३ लाख सहयोग गरेको छ । सो रकम क्लबका प्रमुख सल्लाहकार दुर्गा गुरुङ, सल्लाहकार गिरिराज गुरुङ, आजीवन सदस्य राजेन्द्र गुरुङ (कान्छा), अध्यक्ष दीपक गुरुङ, भद्राकुमारी गुरुङले क्लब अध्यक्ष सुरजलाई हस्तान्तरण गरे ।

यस्तै, रामबजार ज्येष्ठ नारिक समाज केन्द्रबाट ५० हजार प्रदान गरियो । प्रतियोगिताबाट १ करोड ५९ लाख ५० हजार आम्दानी र १ करोड १३ लाख ५६ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको आयोजक सहारा क्लब पोखराको छ ।

उद्घाटन खेल धरान फुटबल क्लबले जितेको छ । आयोजक सहारा क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै धरान क्वार्टरफाइनल प्रवेश गरेको छ ।
 
Post Comments