News अनुप स्मृति गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

दिक्तेल । यहि पौष १७ देखि २३ गतेसम्म हुन गईरहेको अनुप स्मृति आमन्त्रित गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

दिक्तेल स्थित माटिकोरे खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा पौष १७ गतेका दिन नेर्पा स्पोर्टस क्लब, खोटाङ र एजुकेटेक इनरुवा इभेन्ट, सुनसरी भिड्ने छन् ।

प्रतियोगितामा कुल ८ टोलीहरुको सहभागिता रहेको छ । दिक्तेल फुटबल क्लब र माउण्ट एभरेष्ट बोर्डिङ स्कुल, खोटाङको आयोजना तथा खोटाङ फुटबल एकेडेमीको सह–आयोजनामा हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँ प्राप्त गर्नेछ ।

सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई पनि जनही २५–२५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments